गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस 

राष्ट्रिय सभाको रिक्त पदमा मन्त्रिपरिषद्को बैठकले अर्याललाई सिफारिस गरेको हो ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal recommended for National Assembly membership

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गरेको छ ।

राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक सिट रिक्त थियो । मन्त्रिपरिषद्को आइतबारको बैठकले अर्याललाई राष्ट्रिय सभाको उक्त रिक्त सिटमा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully