सर्वोच्चको एकल इजलासले बिहीबार साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको भनी आदेश जारी गरेको छ ।
काठमाडौँ — धनुषा–१ मा आफ्नो उम्मेदवारी खारेज र नेकपाका मातृका यादवलाई विजयी घोषणाविरुद्ध रास्वपाका किशोरी साहले दायर गरेका छुट्टाछुट्टै रिटलाई एकै ठाउँ राखेर सुनुवाइ गर्न लागेको हो ।
साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले मतदानको दुई दिनअघि उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि साह सर्वोच्च अदालत गएका थिए । समय अभावका कारण मतपत्रमा साहको चुनाव चिह्न राखेरै मतदान गराइएको थियो ।
मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार मातृका यादवलाई विजयी भएको प्रमाणपत्र दियो । त्यसविरुद्ध पनि साहले सर्वोच्चमा रिट दायर गरेका थिए । कुनै कारणले सुनुवाइ नसरे सर्वोच्चले आइतबार यो विवादको निकास दिनेछ ।
सर्वोच्चको एकल इजलासले बिहीबार साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको भनी आदेश जारी गरेको छ । यस्तो अवस्थामा २१ फागुनमा साहलाई खसेको मत सदर गरिन्छ कि पुनः निर्वाचन गराइन्छ वा मातृका यादवले पाएको प्रमाणपत्र कायमै रहन्छ भन्ने चासो उत्पन्न भएको छ ।
धनुषा–१ मा प्रत्यक्षतर्फ घण्टी चुनाव चिह्नमा परेको मत सार्वजनिक नगरिए पनि समानुपातिकमा ४१ हजार ८ सय ३ मत परेको छ, दोस्रो स्थानको नेकपाको मत ७ हजार ३ सय ४९ छ ।
