रास्वपा सचिवालय बैठक स्थगित

समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको थियो ।

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

RSVP secretariat meeting adjourned

काठमाडौँ — आज बस्ने भनिएको रास्वपा सचिवालय बैठक सरेको छ ।

समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको थियो ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बस्ने तय भएको हो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

यसअघि पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएपछि शनिबारका लागि सचिवालय बैठक बोलाइएको थियो ।

सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक बोलाएर समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउने र संसदीय दलको नेता निर्वाचनसम्बन्धी व्यवस्था विधानमा संशोधन गर्ने रास्वपाको तयारी छ । रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको सूची आइतबारसम्म पेस गर्न दलहरूलाई निर्वाचन आयोगले बिहीबार पत्र लेखेको थियो ।

वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर रास्वपा निर्वाचनमा गएको थियो ।

कान्तिपुर

Link copied successfully