कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने छ।
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (आइतबार) बस्ने भएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने छ।
बैठकको मुख्य एजेन्डा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य चयन गर्ने र सो नामावली निर्वाचन आयोगमा पठाउने विषय रहेको जनाइएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ आफूले पठाउने नाम आइतबारसम्म बुझाउनुपर्ने समयसीमा तोकिएको छ।