रास्वपा सभापति लामिछाने र नेकपा संयोजक दाहालबीच कुराकानी

 दाहालले दिए बधाई 

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Conversation between RSVP President Lamichhane and NCP Coordinator Dahal

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाई जनादेश प्राप्त गरेकोमा नेकपाका संयोजक पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । 

निर्वाचन मतगणना जारी रहेको बेला रास्वपाले अत्यधिक सिट जित हासिल गरिरहेका बेला उनले लामिछानेलाई बधाई दिएका थिए । 

‘चुनाव लगत्तै रास्वपाले अत्यधिक सिट जितिरहेका बेला संयोजक प्रचण्डले रास्वपा सभापति लामिछानेलाई बधाइ र आगामी कार्यकालको शुभकामना दिनु भएको थियो,’ दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘हिजो आज कुराकानी भएको छैन ।’

कान्तिपुर

Link copied successfully