ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको अगुवाइमा संयुक्त बैठक बसेर कांग्रेसबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिले पार्टी नेतृत्व नछोड्न सभापति गगन थापालाई आग्रह गरेका हुन् ।
काठमाडौँ — नेपाली कांग्रेसबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिले पार्टी सभापतिबाट राजीनामा नदिन गगन थापालाई आग्रह गरेका छन् ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको अगुवाइमा संयुक्त बैठक बसेर कांग्रेसबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिले पार्टी नेतृत्व नछोड्न सभापति गगन थापालाई आग्रह गरेका हुन् ।
कांग्रेसबाट निर्वाचित ललितपुरकार जनप्रतिनिधिले बिहीबार एक विज्ञप्ति जारी गर्दै सभापति थापालाई राजीनामा नगर्न आग्रह गरेका हुन् । सभापति थापाप्रति आफूहरूको ऐक्यबद्धता रहेको उनीहरूले जनाएका हुन् ।
विज्ञप्ति जारी गर्नेमा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, ललितपुर जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीलगायत रहेका छन् । उनीहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा पार्टीमा थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको बताएका छन् ।