१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३, ५ र १० नम्बर क्षेत्रमा भने समानुपातिकतर्फ शून्य मत छैन ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका केही क्षेत्रमा केही दलले समानुपातिकतर्फ शून्य मत पाएका छन् ।
काठमाडौंका १० क्षेत्रमा ५७ दल प्रतिस्पर्धामा थिए । जसअनुसार, काठमाडौं-१ मा समानुपातिकमा कुल सदर मत ३१ हजार ८ सय ८० परेको छ ।
त्यस क्षेत्रमा नेपाल सद्भावना पार्टी (पञ्जा छाप), नेसनल रिपब्लिक नेपाल (उडिरहेको माहुरी छाप), राष्ट्रिय ऊर्जाशील पार्टी (नेपाल चापाकल छाप) र त्रिमुल नेपाल (ओदान छाप) ले शून्य मत पाएको निर्वाचन आयोगको तथ्यांक छ ।
क्षेत्र २ मा कुल सदर मत ५८ हजार ३ सय ४६ रहेको छ । त्यस क्षेत्रमा उन्नत लोकतन्त्र पार्टी (खुला किताब), नेपाली कांग्रेस (बीपी) (करुवा) र मितेरी पार्टी नेपाल (घोडा) ले कुनै मत पाउन सकेनन् ।
क्षेत्र नम्बर ३ मा कुल सदर मत ४३ हजार २ सय ५० रहेकामा यहाँ कुनै पनि दलले शून्य मत पाएका छैनन् । निर्वाचन क्षेत्र नम्बर ४ मा ५० हजार १ सय १ सदर मत खसेको छ । जसमा नेपाली कांग्रेस (बीपी) ले शून्य मत पाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा ५१ हजार ६७ सदर मत परेकामा यहाँ कुनै दलले शून्य मत पाएका छैनन् ।
निर्वाचन क्षेत्र नम्बर ६ मा कुल सदर मत ४४ हजार ४ सय ३७ रहेको छ । त्यहाँ स्वाभिमान पार्टी (बाली बोकिरहेकी महिला) ले शून्य मत पाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ७ मा ४४ हजार ५२ सदर मत परेको छ । त्यस क्षेत्रमा नेपाल त्रिमुल नेपाल र सद्भावना पार्टीले शून्य मत पाएका छन् । निर्वाचन क्षेत्र नम्बर ८ मा ३७ हजार १ सय ७१ सदर मत परेको छ । त्यहाँ प्रजातान्त्रिक पार्टी नेपाल (रथ) पनि ले शून्य मत पायो ।
काठमाडौं-९ मा ५१ हजार ८ सय ७ सदर मत परेको छ । त्यस क्षेत्रमा नेपाली जनता दल (सिट्टी), उन्नत लोकतन्त्र पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल (जगर भएको सिंह) ले शून्य मत पाएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १० मा ५९ हजार २ सय १५ सदर मत परेकामा यहाँ भने शून्य मत पाउने दल छैनन् ।
