समानुपातिक निर्वाचन प्रणालीतर्फ देशका विभिन्न जिल्लामा मतगणना जारी छ। केही जिल्लामा भने अझै सुरु हुन बाँकी रहेको छ।
काठमाडौँ — समानुपातिक निर्वाचन प्रणालीतर्फ देशका विभिन्न जिल्लामा मतगणना जारी छ। केही जिल्लामा भने अझै सुरु हुन बाँकी रहेको छ।
निर्वाचन आयोगका अनुसार संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा–१ र २, धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा–१, २, ३ र ४ लगायतका क्षेत्रमा मतगणना सुरु हुन बाँकी रहेको छ।
यस्तै धनुषा–१ र २, रौतहट–१, पर्सा–१, २ र ४, रसुवा, सिन्धुली–१ र २, दोलखा लगायतका जिल्लामा पनि प्रक्रिया सुरु हुन बाँकी रहेको बताइएको छ।
यसैगरी कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली–१, ताप्लेजुङ, धनकुटा, झापा–३, मोरङ–२, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम तथा उदयपुर–२ लगायतका जिल्लामा मतगणनाको अवस्था अद्यावधिक भइरहेको छ।
त्यस्तै गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ–२ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा–१, मनाङ र बाग्लुङमा पनि मतगणनाको प्रक्रिया विभिन्न चरणमा रहेको छ।
