श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

उनी १६ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन् ।

फाल्गुन २४, २०८२

डम्बरसिं राई

Shram Sanskriti Party opens account, Aren Rai wins in Khotang

खोटाङ — श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् । उनी १६ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन् । योसँगै श्रम संस्कृति पार्टीको जितेको खाता खुलेको छ।

एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ले प्राप्त गरे। 
नेपाली कम्युनिस्ट पार्टी हरि रोकाले ९ हजार ४ सय ४३ र रास्वपाका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका छन् । 

खोटाङमा प्रत्यक्षतर्फ १५ उम्मेदवार चनावी मैदानमा थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully