सिरहा-३ मा रास्वपाका शम्भु यादव विजयी

यादव ३२ हजार २ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

फाल्गुन २४, २०८२

विनय आजाद

Shambhu Yadav of RSP wins in Siraha-3

सिरहा — सिरहा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भु यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । यादव ३२ हजार २ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १० हजार १ सय ५६ मत प्राप्त गरे ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ९ हजार ९ सय ४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८ सय ७९ मत पाए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully