कर्णालीका १२ क्षेत्रको नतिजा सार्वजनिक

कर्णालीमा कांग्रेसले ५, नेकपाले ४, एमालेले १, रास्वपा र राप्रपाले १/१ सिट जितेका छन् 

फाल्गुन २४, २०८२

ज्योति कटुवाल

Results of 12 constituencies of Karnali made public

सुर्खेत — कर्णालीका १२ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा  कांग्रेस पार्टी पहिलो र नेकपा दोस्रो भएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सार्वजनिक अन्तिम नतिजाअनुसार कर्णालीमा कांग्रेस ५ सिट र नेपाली कम्युनिस्ट पार्टी नेकपाले ४  सिट जितेको छ । 

देशभर रास्वपाले लहर चलिरहेका बेला कर्णालीमा भने एक सिटमै चित्त बुझाएको छ । 

कांग्रेसले सुर्खेत १, विष्णुबहादुर खड्का, दैलेख १ मा बासना थापा, जाजरकोटमा खडकबहादुर बुढा र हुम्लामा जयपति रोकाय र मुगुमा खड्कबहादुर शाही विजयी भएका छन् । नेकपाले रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेशकुमार मल्ल, डोल्पाबाट धनबहादुर बुढा, कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् । 

दैलेख २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल मात्र विजयी भएका हुन्। सुर्खेतमा स्वपाका रमेशकुमार सापकोटा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully