सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी

यादवले २८ हजार ४ सय ४ मत ल्याएका हुन् । उनी जनमत पार्टीका अध्यक्ष सीके राउत र मधेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह, पूर्वमन्त्री उमेश यादवलाई पछि पार्दै विजयी भएका हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Ramji Yadav of Rashtriya Swayamsevak Sangh (RSS) wins in Saptari-2

काठमाडौँ — सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी भएका छन् । उनले २८ हजार ४ सय ४ मत ल्याई विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत ल्याएका छन् । 

जनमत पार्टीका चन्द्र कान्त राउत ९ हजार ८ सय ८० मत ल्याउँदै तेस्रो स्थानमा सीमित भएका छन् । स्वाभिमान पार्टीका सतीशकुमार सिंहले ३ हजार ५ सय ५७ मत ल्याए । २०७९ मा सप्तरी-२ मा  जनमत पार्टीका चन्द्रकान्त राउतले जितेका थिए ।

कान्तिपुर

Link copied successfully