चौरसीयाले २९ हजार ६ सय ७९ मत ल्याएका छन्
काठमाडौँ —
पर्सा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामाकान्त प्रसाद चौरसीया विजयी भएका छन् । उनले कांग्रेशका प्रतिद्धन्द्धी सुरेशप्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतले पछि पारेका हुन् ।
चौरसीयाले २९ हजार ६ सय ७९ मत ल्याएका छन् भने कांग्रेसका चौधरीले १६ हजार ३ सय ६६ मत ल्याएका छन् । एमालेका रुपेश कुमार पाण्डेयले ११ हजार ९ सय १४ मत ल्याउँदा नेकपाका छोटेलाल प्रसाद यादवले २ हजार १ सय ३७ मत ल्याएका हुन् ।
२०७९ मा पर्सा ३ मा एमालेका राजकुमार गुप्ताले २४ हजार ३ सय १९ मत ल्याई विजयी भएका थिए ।
