यादवले ४१ हजार ६ सय ३७ मत ल्याएका छन्
काठमाडौँ — धनुषा-२ मा रास्वपाका राम विनोद यादव विजयी भएका छन् । यादवले ४१ हजार ६ सय ३७ मत ल्याएका छन् ।
उनले प्रतिद्वन्दी कांग्रेसका दीनेशप्रसाद यादव परसैलालाई ३१ हजार ४ सय ३९ मतले पछि पारेका हुन् । परसैलाले१० हजार १ सय ९८ मत ल्याएका छन् ।
एमालेका उमाशंकर अरगरियाले १० हजार १ सय ५३ मत ल्याए भने नेकपाका राम चन्द्र झाले ८ हजार ४ सय ३ मत ल्याएका हुन् ।
