मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी

उनले ३६ हजार ३३ मत ल्याएका हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Prakash Gautam of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Makawanpur-1.

काठमाडौँ — मनकवानपुर -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन् । उनले ३६ हजार ३३ मत ल्याएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेशका महालक्ष्मी उपाध्याय (डिना)ले  १४ हजार ३८ मत ल्याएका छन् ।

एमालेका रामेश्वर राना मगरले १२ हजार ७ सय ८३ र नेकपाका विजय गौतमले १० हजार ७ सय ८८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत ल्याएका हुन् । 

२०७९ मा राप्रपाका दिपकबहादुर सिंहले २७ हजार ८ सय १६ मत ल्याएर विजयी भएका थिए ।

कान्तिपुर

Link copied successfully