सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

प्रदेशसभामा राजीनामा दिएर उम्मेदवार भएका दुलालले कांग्रेसका उम्मेदवार तामाङलाई पराजित गरेर जित हात पारेका हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

NCP's Yubaraj Dulal wins in Sindhupalchowk-2

काठमाडौँ — सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल शरद विजयी भएका छन् । दुलालले २१  हजार ६ सय ९९ मत  ल्याएर जित हात पारेका छन् । 

कांग्रेसका वंशलाल तामाङले १९ हजार १ सय ४६ मत पाएर निकटतम् प्रतिस्पर्धी भए । एमालेका शेरबहादुर तामाङ १५ हजार ९ सय २६  र रास्वापाका झलककुमार श्रेष्ठ १४ हजार ९  मत पाएका छन् ।

२०७९ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका मोहन बस्नेतले जितेका थिए । प्रदेशसभामा राजीनामा दिएर उम्मेदवार भएका दुलालले कांग्रेसका उम्मेदवार तामाङलाई पराजित गरेर जित हात पारेका हुन् । 

कान्तिपुर

Link copied successfully