श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने- 'सरकारको नेतृत्व रविले गर्दा राम्रो' 

'सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।'

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Labor Culture Party Chairman Sampang said, ”It would be better if Ravi led the government.”

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्दा राम्रो हुने बताएका छन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले आगामी सरकारको नेतृत्व प्रश्नको जवाफ दिने व्यक्ति हुनुपर्ने बताएका हुन् । 'जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो,' साम्पाङले लेखेका छन्, 'सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।'

रास्वपाले निर्वाचनपहिले नै आगामी सरकारको नेतृत्व बालेन्द्र शाहले गर्ने सहमति र घोषणा गरिसकेको छ । 

साम्पाङ सुनसरी निर्वाचन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनले त्यो निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् । 

रास्वपाले प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याउने भएको छ । 

कान्तिपुर

Link copied successfully