मोरङ - ३ मा रास्वपाका गणेश कार्की विजयी

कार्कीले ३६ हजार ९ सय २४ मत ल्याएका हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Ganesh Karki of RSVP wins in Morang-3

विराटनगर —  मोरङ क्षेत्र नम्बर ३ बाट रास्वपाका उम्मेदवार गणेश क्षेत्री विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार ५ सय ७० मतान्तरले पराजित गर्दै कार्की निर्वाचित  भएका हुन् ।

कार्कीले ३६ हजार ९ सय २४ मत ल्याएर विजयी हुँदा उनका  निकटत्तम प्रतिद्धन्दी शर्माले २४ हजार ३ सय ५४ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७ सय ५२ र नेकपाका डाक्टर देउमान सम्बाहाङफेले १ हजार २ सय ५९ मत पाएका हुन् । 

कुल १ लाख ५८ हजार  ५७ मतदाता रहेको मोरङ क्षेत्र नम्बर ३ मा ९६ हजार ६ सय ७७ मत खसेको थियो । ८९ हजार ४ सय ५६ सदर मत रहेको छ भने  ६ हजार ८ सय २७ मत बदर रहेको छ । 

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका  शर्मा विजयी भएका थिए ।  

कान्तिपुर

Link copied successfully