निर्वाचित भइसकेपछि शाहीले भने–अब म जिल्ला बासीको साझा प्रतिनिधि हुँ 

नले पार्टीका नेता कार्यकर्तालाई पनि चुनावी परिणामबाट विचलित नहुन आग्रह गर्दै राष्ट्रवादी शक्तिहरू उच्च मनोबलका साथ संगठित हुनुपर्ने बताएका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

After being elected, Shahi said, ”Now I am the common representative of the district residents.”

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञानबहादुर शाहीले अब आफू जिल्लाबासीको साझा नेता भएको बताएका छन् ।

निर्वाचनको परिणापछि मतदाता र सहयोगीहरुप्रति आभार व्यक्त गर्दै उनले मतदानसम्म आ–आफ्नो एजेन्डा लिएर चुनावी मैदानमा भए पनि जितपछि आफू सम्पूर्ण जिल्लाबासीको साझा प्रतिनिधि भएको बताएका हुन् । 

उनले सदनमा जिल्लाका समस्या र समृद्धिका मुद्दालाई अझ सशक्त ढंगले उठाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । साथै उनले पार्टीका नेता कार्यकर्तालाई पनि चुनावी परिणामबाट विचलित नहुन आग्रह गर्दै राष्ट्रवादी शक्तिहरू उच्च मनोबलका साथ संगठित हुनुपर्ने बताएका छन् । 

वर्तमान विषम परिस्थितिमा पार्टीले प्राविधिक रूपमा निर्वाचनमा हार व्यहोरे पनि राष्ट्रवादी विचार र संकल्प भने पराजित नभएको उनको भनाइ छ । 

उनले भनेका छन्, ‘हामी फेरि उठ्नेछौं, हामी फेरि जुट्नेछौं, नयाँ सिराबाट अझ बलियो रूपमा अघि बढ्नेछौं,’ शाहीले भनेका छन्, ‘राष्ट्रवादी शक्तिहरू एकताबद्ध भई मुलुकको हितका लागि संगठित भएर अघि बढ्न आह्वान गर्दछु ।’

कान्तिपुर

Link copied successfully