समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना, कुन दललाई कति ?

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

1.255 million votes counted in proportional representation, how many for which party?

काठमाडौँ — समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले दुई लाख १५ हजार २३१, नेकपा (एमाले)ले एक लाख ७२ हजार ४५९, नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार ८५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ३७०, श्रम संस्कृति पार्टीले २२ हजार ३८२, राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८, जनता समाजवादी पार्टीले पाँच हजार ३१७ र एकल चिह्न चकिया (जाँतो)ले पाँच हजार ८३ मत प्राप्त गरेको छ ।

कान्तिपुर

Link copied successfully