निर्वाचन आयोगका अनुसार गणना भइरहेका १४७ निर्वाचन क्षेत्रमा आज राति १ बजेसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १३ उम्मेदवारले अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले १२ स्थानमा अग्रता कायम गर्दा तीन स्थानमा विजयी भएका छन् ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०७ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । उक्त दलले आठ स्थानमा जित निकालेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १४७ निर्वाचन क्षेत्रमा आज राति १ बजेसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १३ उम्मेदवारले अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले १२ स्थानमा अग्रता कायम गर्दा तीन स्थानमा विजयी भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ९ उम्मेदवारले अग्रता कायम गर्दा दुई उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका पाँच तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।