काठमाडौँ — सिरहा-२ मा रास्वपाका शिव यादव निर्वाचित भएका छन् । यादव ३९ हजार ५ सय ६१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
उनका निकटतम कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८ सय १४ मत प्राप्त गरे । एमालेका उम्मेदवार नवीनकुमार यादव ६ हजार ७ सय १३ मतसहित तेस्रो भएका छन् ।