रुपन्देही–२ मा विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका खरेल विजयी 

एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS)'s Kharel wins in Rupandehi-2, defeating Bishnu Poudel.

काठमाडौँ — रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् । 

नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए ।  

त्यस्तै नेपाली का‌ंग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् ।

कान्तिपुर

Link copied successfully