समानुपातिकमा ४५ हजार मत गन्दा रास्वपालाईमात्र २६ हजार  

शनिबार बिहाहन ८ बजेसम्मको मत गणना हुँदा रास्वपाले २६ हजार ७३ मत पाएको छ ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Out of 45,000 votes counted in proportional representation, only 26,000 went to the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — काठमाडौं समानुपातिक तर्फको मत  गणनामा राष्ट्रिय स्वतन्त्र (रास्वपा)ले दोब्बर भन्दा बढी मत पाएको छ ।

शनिबार बिहाहन ८ बजेसम्मको मत गणना हुँदा रास्वपाले २६ हजार ७३ मत पाएको छ । हालसम्म ४५ हजार २ सय ६१ मत गणना भएको छ । 

कुल गणना भएको मतको ५७ प्रतिशत पाएको छ । समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रोमा छ । कांग्रेसले ८ हजार २ सय ३२ मत पाएको छ । तेस्रोमा राप्रपा छ । राप्रपाले ३ हजार ५ सय ७२ मत पाएको छ । चौथोमा नेकपा एमाले छ । 

एमालेले ३ हजार ५ सय २३ मत पाएको छ । त्यस्तै श्रम संस्कृतिले १ हजार १ सय १२ मत पाएको छ भने नेपाल कम्युनिष्ट पार्टीले १ हजार ५४ मत पाएको छ।

कान्तिपुर

Link copied successfully