डोल्पामा नेकपाका धनबहादुरको अग्रता

नेकपाका उम्मेदवार धनबहादुर बुढाले २७५९ मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम राखेका छन्।

फाल्गुन २३, २०८२

रामचन्द्र न्यौपाने

NCP's Dhan Bahadur leads in Dolpa

डोल्पा — उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका चार पालिकाको मतगणना सकिएको छ । शनिबार साँझ ५ बजेसम्म ‍उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध र  छार्काताङसोङ, शे-फाेक्सुन्डाे र काइके गाउँपालिकाका सबै मतदान केन्द्रकाे मतगणना सकिएको हाे । 


पछिल्लो गणनामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले २७५९ मत प्राप्त गर्दै  सुरुवाती अग्रता कायम  राखेका छन्।


त्यस्तै उनकै सहोदर दाई नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले ५५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकाया ४१७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिं ऐडीले ८६, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिल बहादुर विष्टले ९ मत प्राप्त गरेका छन् ।


राप्रपाका उम्मेदवार हरिप्रसाद डाँगीले ७ मत र स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले १, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले ४ मत प्राप्त गरेका छन् । अहिले ठूलीभेरी नगरपालिका १ र २ काे मतगणना सुरु भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully