नयाँ जनादेशबारे संकेत गर्दै मोदीले भनेका छन्, 'नेपालको लोकतान्त्रिक यात्रामा यो ऐतिहासिक कोशेढुंगा गर्विलो क्षण हो ।'
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफलतापूर्वक र शान्तिपूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै नेपाल सरकार र नेपाली नागरिकलाई बधाई दिएका छन् ।
'मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारहरू यति उत्साहपूर्वक प्रयोग गरेको देख्दा निकै खुसी महसुस भएको छ, मोदीले लेखेका छन् । नयाँ जनादेशबारे संकेत गर्दै मोदीले भनेका छन्, 'नेपालको लोकतान्त्रिक यात्रामा यो ऐतिहासिक कोशेढुंगा गर्विलो क्षण हो ।'
एक निकट मित्र र छिमेकीका हिसाबले नेपालको समृद्धि र प्रगतिका लागि सहकार्य गर्ने कुरामा भारत प्रतिबद्ध रहेको पनि मोदीको भनाइ छ ।
सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको…
