धवलागिरि, मालिका, मंगला, बेनी नगरपालिका र रघुगंगाको वडा नं २ सम्मको मतगणना सकिँदा पुनले १६ हजार ३६८ मत प्राप्त गरेका हुन् ।
काठमाडौँ — म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले १० हजार १४२ मतले अग्रता लिएका छन् । धवलागिरि, मालिका, मंगला, बेनी नगरपालिका र रघुगंगाको वडा नं २ सम्मको मतगणना सकिँदा पुनले १६ हजार ३६८ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६ हजार २२६, कांग्रेसका कर्णबहादुर भण्डारीले ४ हजार ५०३ मत पाएका छन् । नेकपाका अर्जुन थापाले ३ हजार १६३ मत मात्रै पाएका छन् ।
