रूपन्देही-३ मा रास्वपाका लेखजंग थापा विजयी 

रास्वपाका लेखजंग थापाले ५८ हजार ८ सय १४ मत ल्याएका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Lekhjung Thapa of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Rupandehi-3.

काठमाडौँ — रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । थापाले ५८ हजार ८ सय १४ मत ल्याएका छन् ।

थापाले नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङलाई पराजित गरेका हुन् । गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् । 

यो निर्वाचन क्षेत्रबाट एमाले उम्दवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए । घिमिरे २०७९ को निर्वाचनमा सांसद थिए ।

यो निर्वाचन क्षेत्रबाट राप्रपाका गौरव बोहराले ७ हजार ७ सय ८९ मत ल्याए ।

कान्तिपुर

Link copied successfully