उनी १६ हजार ६ सय ५९ मत ल्याएर विजयी भएका हुन् ।
काठमाडौँ — सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन् । उनी १६ हजार ६ सय ५९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी प्रदिप कुमार कटुवाल क्षेत्री (केसी)ले १५ हजार ८ सय ७५ मत ल्याएका हुन् । केसी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हुन् । केसीलाई ७ सय ८४ मतान्तरले धनेन्द्रले जीत हासिल गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वलप्रसाद बरालले भने १५ हजार ५ सय ७० मत ल्याएका हुन् ।
