सुर्खेत–१ मा कांग्रेसका खड्का विजयी

खड्काले निटकतम प्रतिस्पर्धीभन्दा ८ हजार ७ मतले जित हासिल गरेका हुन् ।

फाल्गुन २३, २०८२

तृप्ति शाही

Congress' Khadka wins in Surkhet-1

वीरेन्द्रनगर — सुर्खेतक्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी २६ हजार ८९७ मतका साथ विजयी भएका हुन् । खड्काले निटकतम प्रतिस्पर्धीभन्दा ८ हजार७ मतले जित हासिल गरेका हुन् ।

सुरुवातबाटैअग्रता कायम राखेका खड्कालाई एमालेका ध्रुव शाहीले पछ्याइरहेका थिए । खड्का मुख्य प्रतिस्पर्धी बनेका शाहीले १८ हजार ८९० मत प्राप्त गरे । ६८ हजार ७१० मत खसेको यो क्षेत्रमा २ हजार ४८३ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत प्राप्त गरेका छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully