नेकपाका भीम रावल ५२६ मतले पराजित भए ।
काठमाडौँ — अछाम-१ मा कांग्रेसका भरतकुमार स्वाँरले जित हासिल गरेका छन् । नेकपाका भीम रावल पराजित भए ।
स्वारले १० हजार ७५९ मत ल्याए भने रावलले १० हजार २३३ मत पाए । यो कम मतान्तर (५२६) हो ।यहाँ तेस्रो स्थानमा रहेका एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ मत ल्याए भने रास्वपाका ओमप्रकाश रावल १ हजार ७३९ मै सीमित रहे ।
