पर्वतमा रास्वपाका भुसाल विजयी

उनले आफ्ना हेभिवेट प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् ।

फाल्गुन २३, २०८२

सुमनजंग थापा

Bhusal of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Parbat

पर्वत — प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल विजयी भएका छन् । उनले आफ्ना हेभिवेट प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ मत र नेकपाका मनहरि तिमिल्सिनाले ४ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully