काभ्रे-२ मा रास्वपाका बदनकुमार भण्डारी विजयी

बदनकुमार भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Badan Kumar Bhandari of Rashtriya Swayamsevak Sangh (RSS) wins in Kavre-2

काठमाडौँ — काभ्रे-२ मा रास्ट्रिय स्वतन्त्र पार्टीका बनदकुमार भण्डारी विजयी भएका छन् । उनले ५३ हजार ३ सय ४४ मत ल्याउँदै विजयी भएका हुन् । 

कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि ब्याञ्जुले धुलिखेल नगरपालिकाबाट राजीनामा दिएका थिए ।

२०७९ मा काभ्रे-२ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए ।

कान्तिपुर

Link copied successfully