चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपा सभापति रवि लामिछानेलाई सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार रहेकी मीना खरेलले बधाई तथा शुभकामना दिएकी छन् ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेलाई सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार रहेकी मीना खरेलले बधाई तथा शुभकामना दिएकी छन् ।
चितवन २ को मतपरिणाम सार्वजनिक भएपछि शनिबार लामिछानेलाई खरेलले बधाई दिएकी हुन् ।
लामिछाने प्रतिनिधिसभा सदस्यमा चितवन-२ बाट ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका थिए । लामिछानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनकुमारी खरेलको १४ हजार ५६४ मत आएको थियो ।
खरेलले बधाई दिएपछि सभापति लामिछानेले भने, 'यहाँलाई धेरै धेरै सम्मान छ । यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । सबैको जित बनाउने कोसिस गर्नेछु ।'
खरेलले रास्वपाको जितलाई नेपाली जनताको जित बनाउने कोसिस गर्नुहोला भनि बधाई दिएकी थिइन् ।
