उनले जिल्लाको विकास र यहाँका बासिन्दाको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
काठमाडौँ — गुल्मी–१ को मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफ्नो फेसबुकमार्फत विजयी हुन लागेका उम्मेदवार सागर ढकाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रिम बधाई दिएका छन्।
‘यस्तो नतिजाको अपेक्षा गरेको थिइनँ। तर लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय नै सर्वोच्च हुन्छ। त्यसैले जनादेशलाई सम्मान गर्दछु,’ उनले लेखेका छन्। साथै उनले जिल्लाको विकास र यहाँका बासिन्दाको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘कठिन समयहरू पनि बितेर जानेछन्। भवतु सब्ब मंगलम्,’ उनले उल्लेख गरेका छन्।
ज्ञवालीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।
साथै निर्वाचनमा दिनरात खटिएका सबै कार्यकर्ताप्रति आफ्नो गहिरो माया र सम्मान रहेको पनि उनले बताएका छन्।
