मतदाताको फैसला स्वीकार्य छ : उपसभापति शर्मा

शर्माले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत स्वागत गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Voters' verdict is acceptable: Deputy Speaker Sharma

काठमाडौँ —  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन् । अधिकांश ठाउँमा मतगणना भइरहेका बेला शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शर्माले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत स्वागत गरेका छन् ।

‘२०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन,’ उनले भनेका छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ ।’

कान्तिपुर

Link copied successfully