तेह्रथुममा एमालेका भानुभक्त ढकाल ६४९ मतले अगाडि

एमालेका भानुभक्त ढकालले ५ हजार ३ सय मत पाएका छन् भने कांग्रेसका सन्तोष सुब्बाले ४ हजार ६ सय ५१ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

UML's Bhanubhakta Dhakal leads by 649 votes in Tehrathum

काठमाडौँ — तेह्रथुममा एमालेका भानुभक्त ढकाल ६४९ मतले अगाडि छन् । उनले कांग्रेसका सन्तोष सुब्वालाई पछि पारेका हुन् । हालसम्म एमालेका ढकालले ५ हजार ३ सय मत पाएका छन् भने सुब्वाले ४ हजार  ६ सय ५१ मत पाएका छन् ।

यस्तै रास्वपाका सुरेन्द्र कार्कीले ४ हजार २ सय ८५ मत पाएका छन् । श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले २ हजार २ सय ६४ मत पाएका छन् । 

कान्तिपुर

Link copied successfully