डोल्पाका मतपेटिका ढुवानी सकियो, सर्वदलीय बैठक बस्दै

स्थायी र अस्थायी ७० वटै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

फाल्गुन २२, २०८२

रामचन्द्र न्यौपाने

Transportation of ballot boxes in Dolpa completed, all-party meeting underway

डोल्पा — डोल्पाका सबै मतदान केन्द्रबाट मतपेटिका ढुवानी सकिएको छ । जिल्लाका स्थायी र अस्थायी ७० वटै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

उपल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका ल्याउनका लागि पाँचवटा हेलिकोप्टर प्रयोग गरिएको थियो ।  भौगोलिक रूपमा अत्यन्तै विकट तथा सडक सञ्जालको पहुँचबाहिर रहेका उपल्लो डोल्पाका मतदान केन्द्रबाट शुक्रबार दिनभर हेलिकोप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइएको प्रजिअ हमालले बताइन् ।

मतपेटिका संकलन सम्पन्न भइसकेकाले मतगणना गर्न सर्वदलीय बैठक बस्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 'सर्वदलीय बैठकले निर्णय गरेसँगै मतगणना सुरु हुनेछ,' उनले भनिन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully