पटकपटक मतपेटिका ल्याउने प्रयास गरे पनि थुदाममा पानी परिरहेकाले ल्याउन सकेको छैन ।
संखुवासभा — कुल १३ मात्रै मत खसेको संखुवासभास्थित भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका शनिबार मात्रै ल्याइने भएको छ । खराब मौसमका कारण सदरमुकाम ल्याउन नसक्दा मतगणना अझै हुन सकेको छैन । थुदाममा १३ मत मात्रै खसेको छ । त्यहाँ ६३ मतदाता थिए ।
सेनाको हेलिकोप्टरले शुक्रबार पटकपटक मतपेटिका ल्याउने प्रयास गरे पनि मौसमका कारण ल्याउन सकेको छैन ।भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका तीन, भोटखोला गाउँपालिकाको रिदाक र किमाथांका तथा सिलिचोङ गाउँपालिका- ५ का काम्पेक र गौथलाका मतपेटिका ल्याइएको डीएसपी कुमारप्रसाद मैनालीले बताए ।
पटकपटक मतपेटिका ल्याउने प्रयास गरे पनि थुदाममा पानी परिरहेकाले ल्याउन नसकिएको उनले बताए । सेनाको हेलिकोप्टर मतदान केन्द्रमा अवतरण हुन हुन नसकेको खाँदबारीमा रहेको सेनाको इन्द्रदल गुल्मले जनाएको छ ।
जिल्लामा कुल १ सय २४ मतदान केन्द्रको पैदल मार्गबाट मतपेटिका गणनास्थल ल्याइसकिएको छ । जिल्लामा एक अस्थायी सहित १६५ मतदान केन्द्र छन् ।
