मोरङ-६ मा शेखर कोइराला १७ हजारभन्दा बढी मतले पछि

कोइराला रास्वपा उम्मेदवार रुविना आचार्यले भारी मतले पछि पारेकी हुन्। आचार्यको २२ हजार ४ सय ५ मतका साथ अग्रता कायमै छ। कोइराला ५ हजार २ सय ७७ मतका साथ उनलाई पछ्याइरहेका छन्।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Shekhar Koirala trails by over 17,000 votes in Morang-6.

विराटनगर — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को जारी मतगणनामा कांग्रेस नेता डाक्टर शेखर कोइराला १७ हजारभन्दा बढी मतले पछि परेका छन्।

उनलाई रास्वपा उम्मेदवार रुविना आचार्यले भारी मतले पछि पारेकी हुन्। आचार्यको २२ हजार ४ सय ५ मतका साथ अग्रता कायमै छ।  कोइराला ५ हजार २ सय ७७ मतका साथ उनलाई पछ्याइरहेका छन्। एमालेका विनोद ढकाल ३ हजार ९ सय ६८ मतका साथ तेस्रो स्थानमा छन्।

कान्तिपुर

Link copied successfully