भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता

भक्तपुर १ मा रास्वपाका रुकेश रन्जिले अग्रता लिएका छन् भने भक्तपुर २मा राजीव खत्रीले अग्रता कायम गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSVP leads in both constituencies of Bhaktapur

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरको दुवै क्षेत्रमा अग्रता कायम गरेकी छन् ।

भक्तपुर १ मा रास्वपाका रुकेश रन्जिले अग्रता लिएका छन्  भने भक्तपुर २मा राजीव खत्रीले अग्रता कायम गरेका छन् । 

नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुर १ मा यस  पटक प्रारम्भिक मत गणनामा पछि परेको हो । नेमकिपाबाट प्रेम सुवाल उम्मेदवार छन् ।

त्यस्तै भक्तपुर २मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पछि पार्दै खत्रीले अग्रता कायम गरेका छन् ।

कान्तिपुर

Link copied successfully