सर्लाही-४ मा रास्वपाका डा. अमरेशकुमार सिंहले अग्रता लिएका छन् । सिंहले १ हजार २३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगनकुमार थापाले ७६८ मत प्राप्त गरेका छन् ।
सर्लाही — सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । प्रारम्भिकमतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी नितिमा कार्की १ हजार ६६९ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् ।
नेकपा एमालेका मनोजकुमार देवकोटाले ३८५, नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २४०, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले १५३ र नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार साहले ११७मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र २ मा रास्वपाका रबिन महतोले ३ हजार २२४ मत प्राप्त गरी अग्रस्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रराय यादवले १ हजार ३२१, नेपाली राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ४७५, नेपाली कांग्रेसका डा. सरोज कुमारले ३५३ र नेकपा एमालेका नागेश्वर साहले १७९ मत प्राप्त गरेका छन् ।
क्षेत्र ३ मा पनि रास्वपाका नरेन्द्र साह कलवारले अग्रता लिएका छन् । साहले १ हजार ९३४ मतसहित अगाडि रहँदा नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ३६६, नेकपा एमालेका हरिप्रसाद उप्रेतीले १६६ र नेपालीकांग्रेसका विनोदकुमार खनालले १३७ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र ४ मा रास्वपाका डा. अमरेशकुमार सिंहले अग्रता लिएका छन् । सिंहले १ हजार २३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगनकुमार थापाले ७६८ मत प्राप्त गरेका छन् । जनमत पार्टीका राकेश मिश्र २सय ५० मत र एमालेका अमनिश कुमार यादव १सय ९९ मत प्राप्त गरेकोमुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
