काठमाडौँ — काठमाडौँ–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। रास्वपाका पुकार बमले दुई हजार पाँच सय २९ मत प्राप्त गरेर अग्रता लिएका छन्।
उनलाई नेपाली कांग्रेसका सचिन तिमल्सेना ७४९ मत ल्याएर पछ्याइरहेका छन्।
नेकपा एमालेका राजन भट्टराई ६ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन्।