सुरुवाती गणनामा उनले एक हजार ४१५ मत ल्याएका छन्। नेकपा एमालेका लिलामणि गौतमले ४३१ ल्याएर उनलाई पछ्याइ रहेका छन्।
काठमाडौँ — रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहालले अग्रता लिएका छन्।
सुरुवाती गणनामा उनले एक हजार ४१५ मत ल्याएका छन्। नेकपा एमालेका लिलामणि गौतमले ४३१ ल्याएर उनलाई पछ्याइ रहेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छिन्।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा १७६ मत ल्याएर चौथो स्थानमा रहेका छन्।