तीन वटै क्षेत्रमा रास्वपा उम्मेदवार मुख्य प्रतिस्पर्धीभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन् ।
दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ । सबै क्षेत्रका उम्मेदवार मुख्य प्रतिस्पर्धीभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन् ।
दाङ-१ मा २१ हजार १ सय ६१ मत गन्दा रास्वपाका देवराज पाठक१२ हजार ७ सय ५३ मतका साथ अग्र स्थानमा छन् । कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले ३ हजार ६ सय १२, एमालेका रेवतीरमण शर्माले १ हजार ४ सय १० र नेकपाका मेटमणि चौधरीले १ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं १ मा ३७ हजार ६ सय १४ पुरुष, ४३ हजार ३ सय ५ महिला र १ अन्य गरी ८० हजार ९ सय २० मत खसेको थियो ।
दाङ-२ मा २१ हजार ५ सय ९५ मत गन्दा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य ९ हजार ८ सय ४४ मतका साथ अग्र स्थानमा छन् । एमाले महासचिव शंकर पोख्रेलले ४ हजार ४ सय ८४, कांग्रेसका किरणकिशोर घिमिरेले ३ हजार २ सय २८ र नेकपाका निर्मल आचार्यले २हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा ३६ हजार १ सय १९ पुरुष, ४६ हजार ५ सय ७ महिला गरी ८२ हजार ६ सय २६ मत खसेको थियो ।
क्षेत्रनं ३ मा १६ हजार ३ सय ३६ मत गन्दा रास्वपाका कमल सुवेदी ८ हजार ५ सय ८ मतका साथ अग्र स्थानमा छन् । कांग्रेसका दिपक गिरीले २ हजार ९ सय ८७, एमालेका घनश्याम पाण्डेले २ हजार ३ सय ८० र नेकपाका धन बहादुर मास्कीले १ हजार ३ सय ४२ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा ३८ हजार ६ सय ६१ पुरुष र ४९ हजार ६ सय १२ महिला गरी ८८ हजार २ सय ७३ मत खसेको थियो ।
