मोरङ-३ : नेकपाका मोदी र कांग्रसेका घिमिरेलाई पछि पार्दै रास्वपाका राजवंशी

रास्वपाका सन्तोष राजवंशी १ हजार ८ सय ३० मतसहित अगाडि छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Morang-3: Rashtriya Swayamsevak Sangh (RSS)'s Rajbanshi beats NCP's Modi and Congress's Ghimire

काठमाडौँ — मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशीले १ हजार ८ सय ३० मत ल्याएर अग्रता कायमै राखेका छन् । राजवंशीले नेकपाका अमनलाल मोदीलाई उछिनेका हुन् ।

नेकपाका मोदीले अहिलेसम्म ८ हजार ६४ मत मात्रै ल्याएका छन् । मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत भएका थिए । 

उनी मोरङ–४ का निवर्तमान समेत सांसद हुन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भएका थिए भने संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मोरङ-४ बाट निर्वाचित भएका थिए ।

कांग्रेसका गुरुराज घिमिरेले ६ हजार ३ सय २८ मत पाएका छन् । घिमिरे हाल कांग्रेसका महामन्त्री समेत हुन् ।

एमालेका जीवन घिमीरेले ३ हजार ६ सय ९२ मत पाएका छन् । विद्यार्थी राजनीतिबाट मूलधारमा आएका घिमिरे राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासतमा बसेका नेता हुन् । 

कान्तिपुर

Link copied successfully