उपत्यकाका १५ क्षेत्र मध्ये रास्वपा १२ अगाडि, कांग्रेस  एक क्षेत्रमा 

काठमाडौं उपत्यकाका १५ क्षेत्र मध्ये रास्वपाले अधिकांश क्षेत्रमा अग्रता लिएको छ

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Out of 15 constituencies in the Valley, the RSP is ahead in 12, the Congress in one.

काठमाडौँ — काठमाडौं उपत्यकाका १५ क्षेत्र मध्ये रास्वपाले अधिकांश क्षेत्रमा अग्रता लिएको छ ।  काठमाडौंका १० क्षेत्रमध्ये ८ क्षेत्रमा मतगणना चलिरहेको छ । यी क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।  

काठमडौं– १ मा रञ्जु दर्शना , काठमाडौं–२मा सुनिल केसी, काठमाडौं– ३मा राजुनाथ पाण्डे, काठमाडौं– ४मा पुकार बम, काठमाडौं– ५मा सस्मित पोखरेल, काठमाडौं– ७ मा गणेश पराजुली, काठमाडौं– ८ विराजभक्त महर्जन , काठमाडौं– १०मा प्रदीप विष्टले अग्रता लिएका  छन् । 

भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ। भक्तपुर– १मा रुकेश रञ्जित र भक्तपुर– २मा राजीव खत्रीले अग्रता लिएका छन् । ललितपुर– ३ मा तोसिमा कार्की  र ललितपुर– २मा जगदीश खरेलले अग्रता लिएका छन् ।

त्यस्तै कांग्रेसका उदय शमशेर राणाले ललितपुर–१ मा अग्रता लिएका छन्। 

कान्तिपुर

Link copied successfully