नेकपा दुई क्षेत्रमा अग्रताः संयोजक दाहाल ९८४ मतले अघि

नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वमा अग्रता लिएका छन् । अहिलेसम्म उनले १४१५ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले दुई क्षेत्रमा अग्रता लिएको छ । नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वमा अग्रता लिएका छन् । अहिलेसम्म उनले १४१५ मत पाएका छन् । 

दाहाल यसपटक रुकुम पूर्वमा उम्मेदवार भएका थिए । यसअघि उनी गोरखा २ बाट उम्मेदवार भई विजयी भएका थिए ।

एमालेका लीलामणि गौतमले उनलाई पछ्याइरहेका छन् । उनले ४३१ मत पाएका छन् । त्यस्तै कांग्रेसकी कुसम देवी थापाले ४१७ मत पाएकी छन् ।

त्यस्तै महेन्द्रबहादुर शाहीले कालीकोटमा अग्रता लिएका छन् । उनले २ हजार ८६५ मत पाएका छन् । कांग्रेसका हर्षबहादुर बमले २ हजार ८९ मत पाएका छन् । 

रुकुम पूर्व र कालीकोटमा मतगणना जारी छ ।

कान्तिपुर

Link copied successfully