रास्वपाले काठमाडौं १, ६ र ८ मा जित हात पार्दा निकटतम प्रतिस्पर्धीसँग २१ हजारभन्दा धेरै मतान्तर देखिएको छ।
काठमाडौँ — काठमाडौंका कुल १० क्षेत्रमध्ये तीनवटामा रास्वपाले जित हासिल गरेको छ । अरु ७ क्षेत्रमा पनि रास्वपाकै अग्रता छ । जित हासिल गरेका क्षेत्रमा २१ हजारभन्दा धेरै मतान्तर देखिएको छ।
रास्वपाले काठमाडौं १, ६ र ८ मा जित हात पारिसकेको छ ।
काठमाडौं-१ मा रञ्जु दर्शना न्यौपाने १५ हजार ४ सय ५५ मतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याए । उनीहरुका बीचमा ९ हजार ९१ मतको मतान्तर देखिएको छ।
त्यस्तै, काठमाडौं- ६ मा शिशिर खनाल विजयी भए । उनले २७ हजार ९ सय १६ मत ल्याए । उनका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसका सबुजकृष्ण बानियाँले ६ हजार ६ सय ६७ मत मात्र ल्याए । उनीहरुका बीचमा २१ हजार २ सय ४९ मतको अन्तर रहृयो ।
काठमाडौं-८ मा विराजभक्त मर्हजन २४ हजार ५ सय ९२ मत ल्याएर विजयी भए । उनले नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीलाई पराजित गरेका हुन् । सायमीले ३ हजार २ सय १७ मत मात्र ल्याए । उनीहरुका बीच २१ हजार ३ सय ७५ मतान्तर देखिएको छ।
