हालसम्म डाँगीले ५ हजार ६ सय ५८ मत पाएकी छिन् ।
काठमाडौँ — झापा-१ मा रास्वपाकी निशा डाँगीको अग्रता कायमै छ । हालसम्म डाँगीले ५ हजार ६ सय ५८ मत पाएकी छिन् । श्रम संस्कृति पार्टीका केवलराम राईले १ हजार ६ सय ९८ मत मात्रै पाएका छन् ।
कांग्रेसका केशवराज पाण्डेले १ हजार ४ सय ८३ले पाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले १ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।
